बालेनले काठमाडौं नगरवासीलाई के के ल्याए नीति तथा कार्यक्रममा ? (पूर्ण पाठ हेर्नुहोस)

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनमा यस महानगरका मेयर बालेन शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

पछिल्लो समय लोकप्रिय रहेका शाहले सबै क्षेत्रलाई समेट्दै १० वटा गौरवका योजना पनि अघि सारेका छन् । उनले महानगरवासीका दैनिक समस्या समाधानका लागि आकर्षक योजना ल्याएका छन् । 

Advertisement

सार्वजनिक शिक्षादेखि नगरलाई सफा र सुन्दर बनाउने काममा महत्वपूर्ण उपलब्धी हासिल गरेका उनले शिक्षासम्बन्धी कार्यनीतिअन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अघि सारेका छन् भने विद्यालयलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउन सुन्दर विद्यालय परियोजना सञ्चालन गरिने बताएका छन् । 

सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता पनि परिचालनको योजना ल्याइएको छ । महानगरका पक्की सडक रुपान्तरण र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौंलाई गौरवको योजनामा राखिएको छ । 

काठमाडौं महानगरलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न र यसको पहिचान जीवित राख्न संस्कृति, सम्पदा र पर्यटनः महानगरको धन योजना सञ्चालन गरिने छ । न्याय तथा कानूनी परामर्शका लागि न्याय चौतारी पनि अघि सारिएको छ । ज्येष्ठ नागरिक, एकल व्यक्ति, अपाङ्गता भएका व्यक्तिलगायतलाई साथी महानगर स्वर्णिम योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बीस वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ । 

यस्तो छ पूर्ण पाठः 

Advertisement