काठमाडौं महानगरले बैंक वित्तीय संस्थालाई बढायो कर, कस्तो बैंकले अब कति तिर्नुपर्ने ?

Advertisement

काठमाडौं । देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाले बैंकिङ क्षेत्रलाई थप कर लगाएको छ । बहाल कर, व्यवसाय कर, होडिङ बोर्ड राखेवापत कर तिर्दै आएका उनीहरुलाई नयाँ कर थप गरेको हो । 

महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि आइतबार करिव साढे २५ अर्बको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटअनुसार अब वाणिज्य बैंकको केन्द्रीय कार्यालयले रु एक लाख, तिनका हरेक शाखाले रु ५० हजार, विस्तारित काउन्टरले रु २० हजार कर तिर्नुपर्नेछ ।

Advertisement

त्यस्तै, विकास बैंकको केन्द्रीय कार्यालयले रु ७५ हजार, शाखा कार्यालयले रु ४० हजार, विस्तारित काउन्टरले रु १५ हजार कर तिर्नुपर्नेछ भने वित्त कम्पनीको केन्द्रीय कार्यालयले रु ५० हजार, शाखा कार्यालयले रु २५ हजार कर तिर्नुपर्नेछ ।

त्यस्तै, लघुवित्तको केन्द्रीय कार्यालयले रु २० हजार र  शाखा कार्यालयले तीन हजार कर तिर्नुपर्नेछ । अरुभन्दा बढी पारदर्शी र बढी कर तिर्ने क्षेत्रको रुपमा रहँदै आएको बैंकिङ क्षेत्रमाथि नै सरकारहरुले कर अशुल्न बढी आँखा लगाउने गरेका छन् । अहिले स्थानीय तहले पनि सोही क्षेत्रलाई नै कर बढाउने माध्यमको रुपमा रोजेको छ । 

Advertisement

Advertisement