नर्वेकी आरोही हरिला र तेन्जेनद्धारा नङ्गा पर्वतको सफल आरोहण

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर) को सफल आरोहण गरेकी छन् । 

पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज (सोमबार) बिहान स्थानीय समयअनुसार बिहान ६ः५५ र ९ः३५ बजेको बिचमा आरोहण गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । 

Advertisement

उक्त हिमालसँगै हरिलाले नेपाली शेर्पा गाइड तेन्जेनसँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरुमध्ये १० वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरेकी छन् । साथै, हरिला र तेन्जेनले १० वटा हिमालहरु ६० दिनमा सफल आरोहण गरेका छन् ।  

आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी हरिला र तेन्जेनले तीमध्ये चार वटा हिमालहरु आरोहण गर्न बाँकी रहेको छ । हरिलाले यसअघि विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमालहरुको एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन्।

क्रिस्टिन र शेर्पाले विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ने अभियानमा छन् । पुर्जाले ७ महिनाभन्दा कम समयमै आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमालहरु सफल आरोहण गरी विश्व कीर्तिमान रेकर्ड बनाएका थिए । क्रिस्टिन र शेर्पाले चार महिनाभित्र १४ वटै हिमालहरु चार महिनाभित्र आरोहण गर्न सफल भए विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ै आर्को रेकर्ड राख्ने छन् । 

Advertisement

Advertisement