गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाले विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छः पाठशाला

Advertisement

काठमाडौं । विगत १८ वर्षदेखि  सञ्चालनमा रहेको पाठशाला स्कुल (पाठाशाला नेपाल फाउण्डेशन)ले आफूलाई निजी क्षेत्रका शैक्षिक संस्थाहरुमा अब्बल सावित गर्दै आएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको परीक्षादेखि उच्च माध्यमिक तहको परीक्षा र विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धी संस्थाको रुपमा आफूलाई उभ्याउन सफल हुँदै आएको पाठशालाले ‘सार्थक शिक्षा र सार्थक जीवन’ नारासहित शिक्षा क्षेत्रमा सेवा दिँदै आएको छ । 

Advertisement

विद्यालयले विद्यार्थीको सहजताका लागि दुई स्थानमा आफ्नो शाखा विस्तार गरिसकेको छ । काठमाडौंको नयाँ बानेश्वरमा कक्षा एक देखि १२ सम्म पढाउँदै आएको पाठशालाले बाघडोलमा कक्षा एक देखि १० सम्म पढाउँदै आएको छ । बागडोलमा नौ सय र नयाँ बानेश्वरमा ८४० विद्यार्थी अध्ययनरत छन् । 

दुवै स्थानमा गरी २५ रोपनी क्षेत्रफलमा रहेको पाठशाला स्कुलमा दुई सयभन्दा बढी शिक्षक र कर्मचारी कार्यरत छन्् । विद्यालयका कार्यक्रम प्रमुख पुण्डरी फुयाँलले आफूहरुले गुणस्तरीय शिक्षालाई नै मुख्य लक्ष्य बनाउँदै आएको बताउँदै सोही कारण विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताए । 

उनले शिक्षा ऐनअनुसार नै आफूहरु सञ्चालन हुँदै आएको र १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको बताए । बालबालिका र विद्यार्थीहरुलाई सिकाउने सन्दर्भमा स्थानीय र विश्वव्यापी सन्दर्भमा उत्कृष्ट अभ्यासहरुलाई आफूहरुले अपनाउँदै आएको फुयाँलले बताए । 

पाठशालाअघि रातोबंगला स्कुलमा १५ बर्ष ए लेवलको कार्यक्रम सम्हालेका उनीसँग विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षण पेशा गरेको २६ वर्षको अनुभव छ । फुयाँलले पाठशालामा अन्य विद्यालयको जस्तो भर्नाको लागि तानातानको समस्या कहिले पनि नहुने बताउँदै आफूहरुले हरेक बर्ष सीमित मात्रामा विद्यार्थी मात्रै भर्ना लिने गरेको बताए । 

उनले पाठशालामा कक्षा ११  र १२ का लागि एउटा मात्रै विषय पढ्नुपर्छ भन्ने छैन् भन्दै १६ वटा विषयमा विद्यार्थीले आफ्नो रुचीअनुसार विषय छनोट गर्न पाउने बताए । यस्तो व्यवस्था भएको विद्यालय राजधानीमा एउटा मात्रै पाठशाला रहेको फुयाँलको दावी छ । पाठशालामा ए लेवलदेखि डी लेवलसम्मको पढाई हुने उनले बताए । 

Advertisement

Advertisement