गभर्नरले ‘सीए’हरुलाई भने- ‘हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् । 

बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए । उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गएको बताए । चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताए । 

Advertisement

गभर्नर अधिकारीले भने, ‘प्रविधिको विकाससँगै कार्यालयहरुमा चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गइरहेको छ । विश्वव्यापीकरण परिवर्तनहरू चलिरहेको छ । हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ, त्यसैले हामीले आफ्नो पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा पुनः परिभाषित गर्ने अवसरको रूपमा परिवर्तन गर्दै लैजानुपर्छ ।  यसबाहेक व्यवसायको विश्वव्यापी प्रकृतिको अर्थ भनेको चार्टर्ड एकाउण्टेन्सी अन्तर्राष्ट्रिय सन्दर्भमा तीब्र रूपमा अपग्रेड हुँदै गइरहेको छ । विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नुपनि उत्तिकै महत्वपूर्ण छ । नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रस्तुुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेशाको लागि राम्रो र सम्भावना छ ।’

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउण्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए । 

Advertisement

Advertisement