बैंकहरुलाई अधिकार कम भयो, धेरै भए राष्ट्र बैंकले भन्दा कडा नियमन गर्छौं: ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विगतमा सजिलै पाइएको ऋण शेयर बजार, घर जग्गा र ठूला गाडीमा गएको बताएका छन् । 

बिहीबार नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिको सुझाव दिने क्रममा उनले चालु पुँजी कर्जासम्वन्धी गाइडलाइनले ठूलो शिक्षा दिएको बताए । ढकालले भने, ‘विगतमा सजिलोसँग पाएको ऋणको दुरुपयोग भएकै हो । वैर्किङ क्यापिटल गाइडलाइनले धेरै लेसन दिएको छ । आउने मौद्रिक नीति खुकुलो हुनुपर्छ ।’ 

Advertisement

निश्चित समयका लागि आधार दर (बेस रेट) घट्नुपर्ने उनले बताए । ढकाले उधारो नउठेर व्यवसायी हैरान हुने गरेको बताउँदै यसमा कडाई गर्नुपर्ने बताए । 

ढकालले बैंकहरुलाई अझ धेरै अधिकार दिनुपर्छ भन्दै यदि बैंकलाई अधिकार दिए राष्ट्र बैंकले भन्दा कडा नियमन गर्ने बताए । नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसमेत मिलेर मौद्रिक नीतिको लागि दिएको सुझावतर्फ संकेत गर्दै निजी क्षेत्रका संस्थाहरुबीचको यो एकता सुरुवात भएको र आउने दिनमा एकै स्वरमा अघि बढ्ने बताए । 

व्यवसायी ढकालले बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताउँदै अवधि अनुसारको मुद्दती दर बनाएर वा मुद्दती निक्षेप र बचतको पाँच प्रतिशतको फरक हटाएर भए पनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । 

राष्ट्र बैंकको पोलिसि रेट २० प्रतिशत रहेको र त्यसलाई १५ प्रतिशतमा झारेर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनले बताए । ढकालले भने, ‘बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आउने मौद्रिक नीति खुकुलो हुनुपर्छ । यो कसरी हुनसक्छ भन्ने सुझाव पनि दिएका छौँ । जस्तो अहिले फिक्स डिपोजिट र सेभिङको ५ प्रतिशत फरक हुनुपर्छ भन्ने छ । यसलाई चेन्ज गरेको अवस्थामा जस्तो बैंक तथा वित्तीय संस्थाले ब्याज मुद्दतीमा बढाउँदा अधिकांश बचतमा रहेको डिपोजिट फिक्समा कन्भर्ट भएको छ । जबसम्म यो फिक्समा कन्भर्ट भएको डिपोजिट छ, त्यसको मेचुअर पिरेड नआउने बेलासम्म, मेचुअर पिरेडको टाइम दिइरहेको छ, त्यो फिक्सको रेटक घट्ने अवस्था छैन् ।  मुद्दती एकै किसिमको रेट छ, त्यो अवधि अनुसारको मुद्दती रेट हुनुसक्छ । पाँच प्रतिशतको फरक हटाउँदा हुनसक्छ, पछि आफ्नो ठाउँमा लग्ने हिसावले । राष्ट्र बैंकको पोलिसी रेट २० प्रतिशत छ त्यसलाई १५ प्रतिशत गर्ने हो कि । बेस रेट घट्नुपर्छ । वर्किङ क्यापिटल गाइडलाइन जो राष्ट्र बैंकले ल्यायो, त्यसले बैंक तथा वित्तीय संस्थहरु खास गरेर कमर्सियल बैंक र व्यवसायीमा राम्रै लेसन लर्न गरेको छ ।’

अध्यक्ष ढकालले आगामी मौद्रिक नीति अहिलेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी आउनुपर्ने बताए । 

Advertisement

Advertisement