वसन्त ऋतुमा सगरमाथा चढ्ने ६४६ जना, कुन हिमाल कतिले चढे ? कति बेपत्ता र मृत्यु ?

Advertisement

काठमाडौं । गएको वसन्त ऋतृमा विश्वको सर्वोच्च शिखर सगरमाथा ६४६ जनाले आरोहण गरेका छन् ।पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा चढ्नेमध्ये विदेशी २१५ जना पुरुष र ५९ जना महिला तथा नेपाली ११ जना पुरुष र दुई जना महिला रहेको बताए । 

नेपाली गाइडहरु ३५९ जना पुरुष रहेको उनले जानकारी दिए । यो वर्ष गएको वसन्त ऋतृमा सगरमाथा आरोहण गर्ने, आरोहण अनुमति लिने र रोयाल्टी संकलन भएको पनि उच्च रहेको गुरुङले बताए । 

Advertisement

आगामी दिनमा नेपालमा हिमाल आरोहण गर्न आउने पर्यटकको संख्या वृद्धि हुने देखिएको बताउँदै आगामी दिनमा कसरी हिमाललाई सफा राख्ने ? कसरी व्यवस्थित तरिकाले काम गर्ने ? भन्ने चुनौति रहेको बताए । 

वसन्त ऋतसमा ल्होत्से ५२ जना विदेशी आरोहीले आरोहण गरेका छन् । मकालु २९ जना विदेशी र नेपाली ४३ जना गाइड गरी ५२ जनाले आरोहण गरेका छन् । यस्तै, कञ्चनजङ्घा १४ जना विदेशी आरोही र नेपाली १५ जना गाइड गरी २९ जनाले, धौलागिरी १० जना विदेशी र ११ जना नेपाली गाइड गरी २१ जनाले, अमा दब्लम २१ जना विदेशी र २३ जना नेपाली गाइड गरी ४४ जनाले आरोहण गरेका छन् । 

त्यस्तै, अन्नपूर्ण–१ ३१ जना विदेशी र ४० जना नेपाली गरी ७५ जनाले, हिमलुङ १३ जना विदेशी र नेपाली आरोही तथा गाइड गरी २८ जनाले, मनास्लु एक जना नेपाली गाइडले, पुमोरी एक जना विदेशी र एक जना नेपाली गाइड गरी दुई जनाले आरोहण गरेका छन् । दश वटा हिमाल आरोहण गर्ने कुल ९८३ जना आरोही तथा नेपाली गाइडहरुले सफल आरोहण गरेको विभागको तथ्याङक छ । 

ती हिमालको लागि ११२ जना सम्पर्क अधिकृतहरु खटाइएको विभागले जनाएको छ । गएको वसन्त ऋतृमा लुक्लामा एक जनाको मृत्यु गरी ९ जना आरोहीहरुको सगरमाथा आरोहणमा जाने क्रममा मृत्यु भएको छ । साथै सगरमाथामै आठ जना बेपत्ता छन् । अन्नपूर्ण र कञ्चनजङ्घा हिमालमा एक–एक जना मृत्यु भएको विभागले जनाएको छ । 

विभागका अनुसार अन्नपूर्ण र कञ्चनजङ्घामा एक–एक जना मृत्यु भएका छन् । उनीहरु दुवै विदेशी हुन् । वसन्त ऋतुका लागि सगरमाथाबाहेक २८ वटा हिमाल आरोहण गर्न उनीहरुले अनुमति लिएका हुन् । उनीहरुबाट सरकारले ७६ करोड ५७ लाख ५८ हजार तीन रुपियाँ रोयाल्टी संकलन गरेको विभागले जनाएको छ । 
 

Advertisement

Advertisement