नेपाल राष्ट्र बैंकलाई संवैधानिक निकाय जस्तो बनाउन हुँदैन: अर्थमन्त्री महत

Advertisement

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल नेपाल राष्ट्र बैंक संबैधानिक अंग जस्तो हुन नहुने बताएका छन् । मन्त्री महतले अर्थ मन्त्रालय र राष्ट्र बैंकमा बस्नेले शक्तिको दुरुपयोग गर्दैन भन्ने नहुने बताए ।

‘अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सन्तुलनको आवश्यकता छ । स्वायत्त भयो भन्दैमा संवैधानिक आयोग जस्तो बनाउन हुँदैन ।’, अर्थमन्त्री महतले भने । 

Advertisement

आर्थिक छ्लफल चौतारी नेपालले आज राजधानीमा गरेको कार्यक्रममा उनले भने, ‘रास्ट्र बैंकमा बस्नेले नियमावलीले दिएको अधिकार दुरुपयोग गर्दैन र अर्थ मन्त्रालयमा बस्नेले दुरुपयोग गर्छ भन्ने भाष्य स्थापित गर्न हुँदैन ।’ यसको लागि रास्ट्र बैंकमा बस्नेले पनि बिचार गर्नु पर्नेछ। 

‘अहिले वैदेशिक मुद्रा संचिती राम्रो अबस्थामा छ । वित्त नीतिमा धेरै सुधारको प्रयास गरेका  छौं । स्रोत सुनिश्चितता ठूलो रोग हो । रकमान्तार अति आवश्यक ठाउँमा मात्रै दिने व्यवस्था गर्नुपर्ने देखिन्छ । फिस्कल पोलिसी र मनिटरी पोलिसिको तालमेल मिल्यो भने ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन्छ ।’, मन्त्री महतले भने ।  

Advertisement

Advertisement