थाई एयरवेज दुर्घटनाको भग्नावशेष हेर्दै गोसाइकुण्ड जाने नयाँ पदमार्गको निर्माण

Advertisement

काठमाडौं । गोसाईकुण्ड ताल धार्मिक एवं पर्यटकीय हिसाबले प्रसिद्ध नाम हो । रसुवास्थित यो कुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जको बीचमा छ । 

गोसाईकुण्ड जान दुप्चेस्वोर हुँदै नयाँ पैदलमार्ग ट्रेल) निर्माण भएको छ । अब एकै रुटबाट दुई वटा धार्मिक स्थलहरु गोसाईकुण्ड र दुप्चेस्वोर महादेव जाने ट्रेल निर्माण भएको जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाका कार्यवहाक राष्ट्रिय प्रवन्धक धर्मराज दवाडीले जानकारी दिए । 

Advertisement

नेपाल पर्यटन बोर्ड र उक्त परियोजनाले यो पैदलमार्ग को निर्माण गरेका हुन् । उनले भने, ‘पहिला यही बाटो हुँदै गोसाईकुण्ड जाने गरेता पनि अहिले निकै कम भएको थियो । अहिले ट्रेलको पुनः निर्माण भएकाले आगामी दिनमा ग्याङ्फेदी क्षेत्रमा थप विदेशी तथा आन्तरिक पर्यटकहरु आउने छन् ।’ पर्यटकहरु यस नयाँ रुटबाट छिटै गोसाईकुण्डसँगै सूर्यकुण्ड पुग्न सक्नेछन् ।  भूकम्पपछि यस पैदलमार्गबाट मान्छेहरु हिंड्न कम भएको थियो । 

घ्याङफेदीबाट पर्यटकहरु दुई दिनमा गोसाईकुण्ड पुग्न सक्छन् । छिटो हिंडनसक्नेहरु एकै दिनमा गोसाईकुण्ड पुग्न सक्छन् । गोसाईकुण्ड वरपर गणेशकुण्ड, भैरवकुण्ड, सूर्यकुण्डलगायत धेरै कुण्डह छन् । त्यही बाटो हुँदै पर्यटकहरु सुन्दरीजल झर्ने गर्छन् । दवाडीले, ‘हेलम्बु हुँदै दुई वटा बाटोहरु छ गोसाइकुण्ड जाने । कुटुमसाङतिरबाट चलिरहेको रुट भयो । आन्तरिक पर्यटकहरु धेरैजसो यही बाटो जान्छन् । यही बाटो फर्किन्छन् । हामीले अहिले निर्माण गरेको ट्रेलबाट कमै मान्छे हिंड्छन् । तर पहिला मान्छेहरु यही ट्रेलबाट जाने गर्थे । अहिले धुन्चेसम्म नै गाडी पुग्छ । त्यहींबाटै पर्यटकहरु गोसाईकुण्ड जान थाले ।’  

नयाँ ट्रे«ल गोसाइकुण्ड पुग्ने छिटो बाटो भएको दावी गर्दै उनले यो माग घोप्टेभीर हुँदै गोसाईकुण्ड पुग्ने मार्ग हो । घोप्टे भीर थाई एयरको जहाज दुर्घटना भएको स्थानका कारण परिचित छ । यो ठाउँमा सन् १९९२ जुलाई ३१ मा थाई एयरवेजको जहाज दुर्घटना भएर ठूलो जनधनको क्षति भएको थियो । 

यो मार्गबाट जाँदा जहाजका अवशेषहरु समेत देख्न सकिन्छ । यो मार्ग भएर पैदल यात्रा गर्दा संग्रहालयको रुपमा रहेको ऐतिहासिक स्थल पनि मानिसहरुले अवलोकन गर्न सक्छन् । घोप्टे भीरमा जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा स्मारक पार्क पनि बनाइएको छ । 

यस पदमार्गमा सीसीपु र तालु जस्ता तामाङ र शेर्पा बस्ती पनि पर्छन् । पर्यटकहरु तालु गाउँ हुँदै एकै दिनमा गोसाईकुण्ड पुग्न सक्छन् । सीसीपु र तालुमा होमस्टे पनि रहेको दवाडीले बताए । गाउँलेहरुलाई आफूहरुले होस्टेको तालिम पनि दिएको उनले बताए । 

कुल ३७ लाख ५० हजार रुपियाँमा यो पदमार्गमा विश्राम केन्द्र, काठाको पुल र ५० वटा मार्गदर्शक चिन्ह र्मिाण गरेको र यो गर्न तीन महिना लागेको दवाडीले बताए । बाटो तयार भएपछि मानिसहरु जाने क्रम बढेको बताउँदै उनले जनै पूर्णिमामा धेरै पर्यटकहरु गोसाईकुण्ड जाने गरेको बताए । 


 

 

Advertisement

Advertisement