हेलिकप्टरको हिमाली उडान, पुष्पवृष्टि, ‘स्लिङ’ उडान मनसुनभरीका लागि प्रतिवन्ध

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरहरुको हिमाली उडान मनसुन अवधीभरका लागि प्रतिवन्ध लगाएको छ । हिमाली दृश्यावलोकनका लागि गएको मनाङ एयरको हेलिकप्टर प्रतिकुल मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो । 

प्राधिकरणले हिमाली उडानसँगै हेलिकप्टरको स्लिङ उडान (सामान झुण्ड्याएर गरिने उडान) र पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडान पनि आउँदो सेप्टेम्बर महिनासम्म नगर्न हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिएको छ । 

Advertisement

प्राधिकरणले हेलिकप्टर र स्टोल (सर्ट टेकअफ ल्याण्डिङ) सञ्चालनको दैनिक नियन्त्रण र सुवेरिवेक्षणका लागि टोली गठन गरेको जनाएको छ । यस प्रावधानको लागि प्रभावकारिताको लागि साप्ताहिकरुपमा आवधिक समीक्षा गरी मनसुनमा एटीडीमा केन्द्रीकृत हुने हेलिकप्टरको उद्दार उडानलगायतलाई अनुमति दिने जनाइएको छ । 

कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यवसायिक उडानका लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने प्राधिकरणले स्पष्ट पारेको छ । 

Advertisement