दुई करोडभन्दा बढी लगानीमा ‘च्योमुथाङ रिसोर्ट’,  क्षमता दोब्बर गर्ने तयारी

Advertisement

काठमाडौं । च्योमुथाङ रिसोर्ट काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य हेलम्बु र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको छ । अमा याङ्ग्रीको काखमा रहेको यो रिसोर्ट दावा शेर्पाले विगत दुई वर्षदेखि सञ्चालनमा गर्दै आएका छन् । 

हेलम्बु ट्राभल्स नामक कम्पनी खडा गरी हेलम्बुमा दुई करोड रुपियाँभन्दा बढी लगानी गरी सञ्चालनमा ल्याएको च्योमुथाङ रिसोर्टले चाँडै नै अमा याङ्ग्रीको डाँडाबाट प्याराग्लाइडिङ सुरु गर्न लागेको छ ।

Advertisement

उनको हेलम्बुमा मात्र नभएर काठमाडौंमा पनि होटल छ । अमेरिकाको २५ वर्षको बसाइपछि सन् २०१६ मा स्वदेश फर्किएका शेर्पाले आफ्नै देशमा केही व्यवसाय गर्ने सोंचका साथ पर्यटन क्षेत्रमा लगानी गरेको बताएका छन् । 

पाँचपोखरी– २, सिन्धोपाल्चोकका उनी १७ वर्षको उमेरदेखि पर्यटन क्षेत्रमा आवाद्ध छन् । अमा याङ्ग्री पिक ट्रे«क, दर्शन गर्न जाने विदेशी तथा आन्तरिक पर्यटकहरुको लागि अमा याङ्ग्रीको आधार शिविरको रूपमा सुविधा दिन च्योमुथाङ रिसोर्ट खोलिएको शेर्पाको भनाइ छ । 

रिसोर्टबाट दुई घण्टाको पैदल यात्रामा पुगिन्छ अमा याङ्ग्री । अमा याङ्ग्री समुन्द्री सतहबाट तीन हजार ९४२ मिटरको उचाइमा रहेकोले यस रिसोर्टमा एक रात बस्दा पर्यटकहरूलाई तापक्रम र हावापानीसँग तालमेल मिलाउन मद्दत पुग्ने उनको तर्क छ । शेर्पाका अनुसार रिसोर्टको सिजनमा ५ देखि ६ जना जति कर्मचारी काम गर्ने गर्छछ । अफ सिजनमा ३ देखि ४ जनासम्म मात्र गर्छन । सिजनमा राम्रै संख्यामा पर्यटकहरु अमा याङ्ग्रीको दर्शन गर्न आउने गरेको र पर्यटकहरु रिसोर्टमा बस्ने शेर्पाले बताए । 

विशेषगरी फागुनदेखि बैशाख महिनामा अमा याङ्ग्रीमा पर्यटकहरु आउने उनले बताए । शेर्पाले भने, ‘पहिला पर्यटकहरुलाई यहाँ रिसोर्ट छ भनेर थाहा थिएन । अहिले धेरैलाई थाहा भइसकेको छ । त्यसैले पनि पर्यटकहरु आउने क्रम बढ्दो छ ।’ रिसोर्टमा विभिन्न सुविधाका रुम तथा टेन्टमा १५० जना पर्यटकहरु अटाउन सक्छन् । रिसोर्टलाई विस्तार गरी तीन सय पर्यटक अट्न बनाउन लागेको शेर्पाले बताए । 

Advertisement

Advertisement