हरिला र तेन्जेनद्धारा गासरब्रम–२ को सफल आरोहण

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गासरब्रम–२ (८,०३४ मिटर)को सफल आरोहण गरेकी छन् । 

पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले शनिबार बिहान स्थानीय समयअनुसार बिहान ७ः४५ बजे आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको हो । 

Advertisement

उक्त हिमालसँगै हरिलाले शेर्पा गाइड तेन्जेनसँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरुमध्ये ११ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरेकी छन् ।

आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी हरिला र तेन्जेनले तीमध्ये तीन वटा हिमालहरु आरोहण गर्न बाँकी रहेको छ । क्रिस्टिनले यसअघि विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् । 

क्रिस्टिन र तेन्जेनले चार महिनाभित्र १४ वटै हिमालहरु चार महिनाभित्र आरोहण गर्न सफल भए विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्दै अर्को रेकर्ड राख्ने छिन् ।

क्रिस्टिन र तेन्जेनले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशापाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२ हिमालको सफल आरोहण गरेकी छन् । अब पाकिस्तानमा रहेको केटु, गासरब्रम–१, ब्रोडपिकको आरोहण गर्न बाँकी छ । 

Advertisement

Advertisement