नेपाली चलचित्र ‘जय हो’ आउँदो भाद्र ८ बाट प्रदर्शनमा आउने

Advertisement

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ आउँदो भदौ ८ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको गीत भने आज (सोमवार) एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो । 

‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि...?’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ । 
चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी र भिडियोमा कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

Advertisement

टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटाले नेपाली दर्शकहरुले राम्रो चलचित्रको खोजिरहेकाले राम्रो चलचित्र दिनुपर्ने बताए । उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नलगेसम्म र सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न नसकेसम्म यस क्षेत्रको विकास गर्न नसकिने बताए । 

‘जय हो’ चलचित्र मुस्ताङ र कास्कीका विभिन्न स्थानमा खिचिएको हो । यसमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । 

Advertisement

Advertisement