क्रिस्टिन र तेन्जेनद्धारा ब्रोडपिक आरोहण, कीर्तिमानका लागि १४ पिकमध्ये एउटा मात्रै बाँकी

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले ब्रोडपिक हिमालको सफल आरोहण गरेका छन् । 

पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक (८,०५१ मिटर)को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले आज आइतबार बिहान ४ः३० बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको हो ।

Advertisement

उक्त हिमालसँगै क्रिष्टिनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरुमध्ये १३ वटाको आरोहण गरेकी छन् । उनी चौध वटै हिमाल चार महिनाभित्रै आरोहण गरेर कीर्तिमान बनाउने योजनामा छिन् । क्रिष्टिनसँगै तेन्जेन पनि सोही दौडमा छन् ।   

क्रिस्टिन र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, कालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१ र ब्रोडपिक हिमालको सफल आरोहण गरेका छन् । अब उनीहरुले पाकिस्तानमा रहेको केटु आरोहण गर्न बाँकी छ । 
 

Advertisement

Advertisement