एनआरएनए अमेरिकाको अध्यक्षमा डा. अर्जुन बन्जाडे निर्वाचित, अरु पदमा को-को आए ?

Advertisement

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए),राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि डाक्टर बन्जाडे अध्यक्ष पदमा चयन भएका हुन् ।

डाक्टर बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुँदा अर्का प्रतिपर्धी डिलु पराजुलीले ४ हजार ८ सय ६ मत पाए । 

Advertisement

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा विकास उप्रेती ४ हजार ९ सय ४५ मतका साथ विजयी भएका छन् । उक्त पदमा अन्जनकुमार चौलागाई ४,७३५ मत पाउँदै पराजीत भए ।  । ४ जना राष्ट्रिय उपाध्यक्ष पदमा भानु खरेल, प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डे निर्वाचित भए । उपाध्यक्षका लागि ९ जना चुनावी मैदानमा थिए । 

त्यस्तै राष्ट्रिय महिला उपाध्यक्ष पदमा सुनिता सापकोटा कंडेल ४ हजार ९ सय ५९ मतका साथ बिजयी भइन् । प्रतिद्वन्दी सुन्दरी गुरुङले ४ हजार ९ सय २९ मत प्राप्त गरिन् । 

यसैगरी युवा उपाध्यक्ष पदमा अनुप खनाल विजयी भएका छन् । उनले ३ हजार ७ सय २१ मत प्राप्त गरे भने प्रतिष्पर्धीहरु रामचन्द्र पन्तले ३,२६४ र त्रिभुवन पाण्डे २,७०६ मत पाएर पराजीत भए ।  

महासचिव पदमा रामहरि अधिकारी ५ हजार १ सय ९७ मत प्राप्त गरी विजयी हुँदा प्रतिष्पर्धी गोपेन्द्र भट्टराई ४ हजार ४ सय ३९ मतमा चित्त बुझाए । 

सचिव पदमा दीपक सापकोटा, र महिला सचिव पदमा शान्ति पौड्याल विजयी हुँदा कोषाध्यक्ष पदमा सरोज सिग्देल, सहकोषाध्यक्ष पदमा दिवाकर पाण्डे विजयी भए । राष्ट्रिय युवा संयोजकमा तेज पौडेल र राष्ट्रिय महिला संयोजक पदमा सुनिता खत्री विजयी भए । 

खुलातर्फ ८ राष्ट्रिय बोर्ड सदस्यमा डाक्टर गंगाधर आचार्य, बल राइ, बिष्णु बराल, निमा शेर्पा, बासुदेव भाट, लक्ष्मण दर्लामी, मोहन कुसारी र नवराज न्यौपाने विजयी भए भने महिलातर्फ सदस्य पदमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा निर्वाचित भए । 

क्षेत्रीय समितिको अध्यक्षमा विष्णु खत्री (पश्चिम),आङ टि शेर्पा (उत्तर पूर्व), मोहन न्यौपाने (दक्षिण) र महेन्द्र बस्नेत (मध्यपश्चिम) विजयी भए । ८ जना आइसिसि सदस्यहरुमा प्रबिन केसी, क्षेत्र के गुरुङ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, गोबिन्दकुमार श्रेष्ठ, उत्तमकुमार कार्की, डोलनाथ घिमिरे र दुर्गेशजंग कार्की निर्वाचित भएका छन् । 

नयाँ नेतृत्व चयनका लागि कूल १३ हजार ६ सय ९१ मतदाता मध्ये ११ हजार २ सय ६७ जनाले मतदान गरेका थिए । 

Advertisement

Advertisement