अपि हिमाल आधार शिविरको पदयात्रामा जाने हो ?

Advertisement

काठमाडैं । अपि हिमाल सुदूरपश्चिमको नाम चलेको हिमाल हो । सात हजार १३२ मिटर उचाइमा रहेको यो हिमाल आरोहण गर्न र आशार शिविरसम्म टे«क (पदयात्रा) गर्न विदेशीसँगै आन्तरिक पर्यटनले पनि रुचि राख्छन् । 

अपिको आधार शिविर सुदूरपश्चिमको सबैभन्दा सुन्दर पदयात्रा गन्तव्य हो । अपि हिमाल आधार शिविर पदमार्गको अझ प्रवर्द्धन गर्न लागिपरेको यसै कार्यमा लागेका जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजनाका प्रोग्राम सपोर्ट इन्जिनियर अनिश लम्सलले जानकारी दिए । 

Advertisement

उनले गाउँपालिकाले पर्यटनमा केन्द्रित भएर काम गरिरहेको बताउँदै अपिको आधार शिविरसम्म पुग्न पर्यटकलाई सहजीकरणको लागि मकरीगाडमा फोहोर व्यवस्थापन प्रणाली निर्माण, धौलीओडरमा विश्राम तथा आश्रय स्थल, ठाउँ ठाउँमा संकेत पार्टी, खान्देश्वरीका २९ जना महिलाहरुलाई होमस्टे व्यवस्थापन तालिम तथा ट्रेकिङ गाइड तालिम लगायतका काम सम्पन्न भएको बताए । 

लम्सालले भने, ‘पर्यटकहरु नेपालका विभिन्न हिमालहरुमा ट्रेकिङ गर्न जान्छन् । तर कर्णालीमा रहेको अपि हिमाल बेस क्याम्पको ट्रेकमा त्यति जाँदैनन् । हामीले सुधार र प्रचारप्रसारमा काम गरेपछि आजभोलि चाहिँ पर्यटकहरु जान थालेका छन् । आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दो छ ।’ अपि हिमाल दार्चुलामा पर्छ । ​

पदमार्ग सुधारका लागि ५१ लाख ५० हजार रुपियाँ खर्च भएको जनाइएको छ । एपी हिमालको आशार शिविर जानको लागि काठमाडौंबाट धनगढी पुगेपछि दाचुलाको गोकनेश्वर भन्ने ठाउँसम्म गाडी चढेर जानुपर्छ । गोकनेश्वरबाट मकरीघाटसम्म गाडी जानसक्छ । अपि हिमाल गाउँपालिकाको खान्देश्वरी भन्ने ठाउँबाट पदमार्ग सुरु हुन्छ । पदयात्रा सुरु गरेपछि तीन दिनमा आधार शिविर पुगिन्छ । हिड्न सक्ने मान्छेहरु दुई दिनमै पनि आधार शिविर पुग्नेसक्ने लम्सालको भनाई छ । 

तीन हजार ८६१ मिटर उचाइमा रहेको अपि हिमालको आधार शिविरबाट दुई घण्टा हिँडेपछि कालीढुंगा ताल (४,१०० मिटर) पुग्न सकिन्छ, जहाँका मानिसहरु यार्सागुम्बा टिपेर र भेंडा चराएर जीवनयापन गर्छन् । ट्रे

कका आइटिनरेरिः 

काठमाडौं–धनगढी                                                माध्यम
धनगढी–गोकुलेश्वर (दार्चुला)                                    बसबाट
गोकुलेश्वर–मकरीगाड, खाण्डेश्वरी जीपबाट                पदयात्रा
खान्देश्वरी–खैकोट                                                  पदयात्रा
खैकोट–धौलियोदार                                                पदयात्रा
धौलियोदार–अपि आधार शिविर, कालिढुङ्गा ताल        पदयात्रा

Advertisement

Advertisement