नर्वेकी क्रिस्टिन र तेन्जेनद्धारा हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहणसँगै उनीहरु तीन महिना एक दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने आरोही बनेका हुन् । 

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले बिहीबार बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका मिग्मा शेर्पाले जानकारी दिए । क्रिस्टिनले १४ वटै हिमालहरु शेर्पा गाइड तेन्जेन शेर्पासँगै नै आरोहण गरेकी हुन् । 

Advertisement

क्रिस्टिन, तेन्जेनले पर्वतारोही निर्मल पुर्जाले यसअघि बनाएको विश्व कीर्तिमान तोडेका छन् । पुर्जाले सात महिनाभन्दा कम समयमा यी १४ वटा हिमाल आरोहण गरी यसअघि कीर्तिमान बनाएका थिए । 

क्रिष्टिन र तेन्जेनले १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखे पनि लक्ष्यभन्दा अगाडि चढ्न सफल भएका हुन् । क्रिस्टिनले यसअघि विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।   

क्रिस्टिन र तेन्जेनले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरेका हुन् । 

Advertisement

Advertisement