सत्र वर्षीय निमा रिन्जी शेर्पाद्धारा केटु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका छन् । 

पाकिस्तानमा रहेको केटु (८,६११ मिटर०) हिमालको आज पाकिस्तानी समय अनुसार बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।  
१७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने निमाको लक्ष्य रहेको कम्पनीको भनाई छ । शेर्पाले यसअघि मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से, नङ्गा पर्वत, गासरब्रम– २ र गासरब्रम– १, ब्रोडपिक लगायत हिमालहरु सफल आरोहण गरिसकेका छन् । 

Advertisement

उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही पनि बनेका हुन् । त्यस्तै, शेर्पाले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही पनि बनेका थिए ।

Advertisement

Advertisement