चतुर तामाङद्धारा १३४औं पटक तथा एकै सिजनमा १३ पटक माउन्ट एल्ब्रस आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा १३ पटक आरोहण गरेका छन् । 

उनले १३४औं पटकसँगै एकै सिजनमा १३ पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका हुन् । जुलाई ३० मा रुसी समयअनुसार बिहान ६ बजे तामाङ उक्त हिमाल चढेका हुन् । 

Advertisement

उनले भोलि शुक्रबार पनि पुनः एल्ब्रस चढ्ने बताए । सोलुखुम्बु दुधखोसी गाउँपालिकाका तामाङले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका थिए । तामाङले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । उनले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । 

हालसम्म तामाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लागतको सफल आरोहण गरेका छन् ।

Advertisement

Advertisement