बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणः कुनको लाभांश क्षमता कति ?

Advertisement

काठमाडौं । बैंक वित्तीय संस्थाहरुले गत आव २०७९÷८० को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

नेप्सेमा सूचीकृत वित्तीय विवरण सार्वजनिक गरेका १९ वाणिज्य बैंक मध्ये २ वटा लाभांश दिन नसक्ने अवस्थामा छन् ।  

Advertisement

राष्ट्रिय स्तरका ८ वटै विकास बैंक भने लाभांश दिन सक्ने क्षमता राख्छन् भने पाँच फाइनान्स कम्पनीमात्रै लाभांश दिन सक्ने क्षमता राख्छन् ।  

कुन वाणिज्य बैंकको लाभांश क्षमता कति ? 
 एभरेष्टले ४०.५ प्रतिशत, सिटिजन्सले ७.३ प्रतिशत, माछापुच्छ्रेले १५.२९ प्रतिशत, एनआईसी एशियाले ३१.९९ प्रतिशत, नबिलले १४.६४, नेपाल इन्भेष्टमेण्ट मेगाले ०.४६, स्ट्याण्डर्ड चार्टर्डले २८.९९, एनएमबिले ८.१८, ग्लोबल आइएमईले ८.२७, लक्ष्मी सनसाइजले ८.९४, प्रभुले ०.६८, नेपाल बैंकले ६.६२, कृषि विकास बैंकले १०.०६, प्राइमले १.०६, नेपाल एसबिआईले १३.९३, सिद्धार्थ बैंकले ५.६४ र सानिमा बैंकले ९.९८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । हिमालयन र कुमारी बैंकले भने लाभांश दिन सक्ने देखिदैन । 

वाणिज्य बैंकहरुले कमाए ७० अर्ब नाफाः नबिलको सबैभन्दा बढी, कुनको कति ? (सूचीसहित)

विकास बैंकको यस्तो छ अवस्था
लुम्बिनीले ११.६१, शाईन रेसुङ्गाले ११.३६, गरिमाले १०.७४, मुक्तिनाथले १०.०३, महालक्ष्मीले ८.०६, सांग्रिलाले ७.६२, ज्योतिले ५.१८ र कामना सेवाले १.७७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छन् ।

मुक्तिनाथ, गरिमा र शाईन रेसुङ्गा विकास बैंकको नाफा बढ्दा अरु पाँचको घट्यो (सूचीसहित) 

पाँच फाइनान्सले मात्रै दिन सक्छन् लाभांश 
मञ्जुश्रीको ८.२२, आइसीएफसीको ७.८१, गुहेश्वरीको ६.६, श्री इन्भेष्टमेन्टको ५.२७ र गुडविलको लाभांश क्षमता २.२५ प्रतिशत छ । 

Advertisement