मर्ज भई ठूलो बनेका ६ वाणिज्य बैंकः नाफा, लाभांश क्षमता र खराब कर्जा कुनको कति ?

Advertisement

काठमाडौं । गएको आर्थिक वर्ष १२ वटा वाणिज्य बैंक मर्ज भई ६ वटा हुँदा कूल वाणिज्य बैंकको संख्या २० मा झर्यो । 

राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा मात्र १२ वटा वाणिज्य बैंक एकापसमा गाभ्ने/गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर छवटा कायम भएका छन् ।  

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स .एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’, प्रभु बैंक लिमिटेडले सेन्चुरी बैंकलाई एक्विजिसन गरेर ‘प्रभु बैंक लिमिटेड’ तथा मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’, हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेर हिमालयन बैंक लिमिटेड तथा लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई लक्ष्मी सनराइज बैंक भई कारोबार सञ्चालन गरेका छन् । गत पुसमा ८, फागुनमा २ वटा र असारमा २ वटा बैंक मर्ज भएका थिए । गरेको थियो । 

यसरी मर्ज भएर ठूलो बैंक भएको ग्लोबल आईएमईले गएको वर्ष ७ अर्ब २५ करोड नाफा कमाएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब २९ करोड, हिमालयन बैंकले ३ अर्ब २६करोड, प्रभु बैंकले २ अर्ब ८२ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब २६ करोड र कुमारी बैंकले १ अर्ब ९५ करोड नाफा कमाएका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणः कुनको लाभांश क्षमता कति ?

मर्जमा गएका हिमालयन र कुमारी लाभांश दिन नसक्ने अवस्था पुगेका छन् भने ग्लोबल आईएमई ७.२७, नेपाल इन्भेष्टमेन्ट मेगा ०.४६, प्रभु ०.६८ र लक्ष्मी सनराइजले ८.९४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । 

यस्तो छ वाणिज्य बैंकहरुको वित्तीय स्वास्थ्यः कुन बैंकको खराब कर्जा कति ?

बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको ४.७७ प्रतिशत छ । त्यस्तै ग्लोबलको ३.०८, नेपाल इन्भेष्टमेण्ट मेगाको ४.३५, हिमालयनको ४.५७, प्रभुको ४.१ र लक्ष्मी सनराइजको सबैभन्दा कम २.८ प्रतिशत खराब कर्जा गरेको वित्तीय विवरणमा उल्लेख छ । 

कुन बैंकको चुक्ता पूँजी कति ? 
चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी रू ३५ अर्ब ७७ करोड बराबर छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी रू ३४ अर्ब १२ करोड छ ।  कुमारी बैंकको चुक्तापुँजी रू २६ अर्ब २३ करोड, प्रभु बैंकको रू २३ अर्ब ५४ करोड, हिमालयन बैंकको रू २१ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकको रू २१ अर्ब ६७ करोड रहेको छ ।

वाणिज्य बैंक २० वटामा झरे, चालु आवमै १२ वटा मर्ज भई ६ वटामा कायम

Advertisement