देश बचाउने हो भने अप्रिय हुनेगरी तत्काल खर्च कटौति गर्नुपर्छ: सचिव तोयम राय

Advertisement

काठमाडौं। देशमा आर्थिक समृद्धिको कुरालाई मुर्त रुप दिनका लागि अप्रिय हुने गरी खर्च कटौति गर्नुपर्ने नेपाल सरकारका सचिव तोयम रायले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सचिव रायले आर्थिक समृध्दिको कुरालाइ मूर्तरुप दिने हो भने तत्काल अप्रिय हुनेगरी खर्च कटौतीका निर्णय लिनु पर्ने बताएका हुन्।

Advertisement

यस्तो अप्रिय कटौति टप टु बटम (सबैतिर) हुनुपर्ने रायको भनाई छ। अर्थ मन्त्रालयले खर्च व्यावस्थापन गर्न नसकेको अवस्थामा यस्तो धारण सार्वजनिक गरेका हुन्।

पुर्व अर्थसचिव समेत रहेका रायले भनेका छन्, 'अनिवार्य दिर्घकालिन दायित्व समेत रोक्न पर्दछ । समूहगत सौदाबाजीबाट समेत अलग्गिन सक्नु पर्छ । वैदेशिक सहायता आयोजनागत मात्र लिनु पर्दछ । राजनितिक संरचनामा समेत पुनसंरचित गर्न ढिला गरिनु हुन्न । कर्मचारीतन्त्रको परिचालनको विधि नै परिवर्तन गरिनुपर्छ । संवैधानिक संरचना र नियुक्तिको हालको व्यवस्थालाइ बैज्ञानिक बनाइनु पर्छ । परिणाममा आधारित पारितोषिक र सजायको व्यवस्था गरिनुको साथै माथिल्लो तहको राजनितिक छनौट समेत वस्तुपरक गरिनु पर्छ । अनि मात्र सुधारको गुन्जायस रहला।’

 

 

Advertisement

Advertisement