सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद शर्मा पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ ।  

आज दिउँसो सीआईबीको टोलीले  गोल्फुटारस्थित  निवासबाटै शर्मालाई पक्राउ गरेको हो ।

Advertisement

सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । 

शर्मा मोरङ ३ बाट निर्वाचित सांसद हुन् । उनी मेडिकल व्यवसायी पनि हुन् । 

Advertisement

Advertisement