नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

Advertisement

काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौँबाट पक्राउ गरिएको हो । 

Advertisement

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । यसअघि हिजो सांसद सुनिलकुमार शर्मासहित डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी पक्राउ परेका थिए । 

Advertisement

Advertisement