घरमा गएर सामान्य सोधपुछ गराउने आश्वासनपछि माधव नेपाल आज फर्किंदै

Advertisement

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुख्य दोषीको रुपमा औंल्याइएका माधव नेपाल समय अगावै स्वदेश फर्किन तयार भएका छन् । 

सर्वोच्च अदालतले उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गरी छानविन गर्न आदेश दिएपछि उनी गत साता एकाएक युरोप पुगेका थिए । दुई साताका लागि भन्दै गएका नेता नेपालले सहज परिस्थिति नबनेसम्म नफर्किने योजना बनाएका थिए । उनले जेनेभाबाट भिडियो सन्देशमार्फत आफू ललिता निवास प्रकरणमा निर्दोष रहेको जिकिर पनि गरेका थिए । 

Advertisement

उनको पार्टी एकीकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधरले आज १० बजे कतार एयरबाट माधव नेपाल स्वदेश फर्किने बताएका छन् । उनले पार्टीसम्वद्ध कार्यक्रममा भाग लिन माधव नेपाल युरोप गएको जिकिर पनि गरेका छन् । 

तर स्रोतका अनुसार अदालतको आदेश पालना गर्न ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई घरमै गएर सामान्य सोधपुछ गराउने आश्वासन पछि अनिश्चितकालसम्म स्वदेश नफर्किने गरेर गएका माधव नेपाल समय अगावै फर्किन तयार भएका हुन् । 

सर्वोच्च अदालतले मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णयको व्याख्या यसअघि नै गरे पनि अख्तियार दुरुपयोगअनुसन्धान आयोगले ललिता निवासको जग्गासम्वन्धमा मन्त्रिपरिषदले गरेको निर्णय ललिता निवासको जग्गा अनियमिततामा नेताद्धय नेपाल र भट्टराईमाथि छानविन गर्न अस्वीकार गरेको थियो । तर अहिले सीआईबीले उक्त प्रकरणमा पुनः छानविन प्रक्रिया अघि बढाएको थियो । तर नेपाल र भट्टराईलाई पक्राउ गर्ने आँट नगरेको बेला सर्वोच्चले पक्राउ गरी छानविन अघि बढाउन बाटो खोल्दिएको छ । 

Advertisement

Advertisement