सय किलोभन्दा धेरै भनिएको सुन जोख्दा जम्मा ६० किलो सात सय ग्राम मात्रै पाइयो

Advertisement

काठमाडौं । गत साउन २ गते बरामद गरिएको तस्करीको सुन जोख्दा जम्मा ६० किलो रहेको पाइएको छ । यसअघि सय किलोभन्दा धेरै रहेको बताइँदै आए पनि सोमबार ब्रेक शू बाट अलग गरेर जोख्दा जम्मा ६० किलो मात्रै रहेको महाशाखाले बताएको छ । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिनिधिसमेत राखेर सुन जोख्ने काम गरेको थियो । नियन्त्रण एक महिना पुग्न लाग्दासमेत तस्करीको सुन जोख्न ढिलाई गरिएकोमा आशंका र आलोचना हुन लागेको थियो । 

Advertisement

महाशाखाका प्रमुख थानेश्वर आचार्यले पछिल्लो समय पक्राउ परेको अवैध सुन ६० किलो सात सय ८९ ग्राम रहेको बताए । यो ब्रेक शु बाट झिकिएको सुन हो। यद्यपी यसलाई गाल्न भने बाँकी रहेको प्रमुख आचार्यको भनाई छ। मंगलबार पत्रकार सम्मेलन गरेर सुन गाल्ने तयारी बैंकले गरेको छ। यदि सो सुन गाल्दा ६० किलो निस्कियो भने यो सुनको अहिलेको बजार मूल्यअनुसार ५७ करोड २५ लाख रुपियाँ हुन्छ। यो सुन राष्ट्र बैंकले नै राख्यो भने राज्यकोषमा उक्त रकम दाखिला हुने बताए । 

Advertisement

Advertisement