टोखाका विद्यालयमा देखा पर्याे आँखा पाक्ने  रोग

Advertisement

काठमाडौं । विश्वव्यापी रुपमा फैलिदै गएको आँखा पाक्ने  रोग  ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ संक्रमण  केही कम मात्रामा टोखा नगरपालिका अन्तर्गत रहेका विद्यायका विद्यार्थीहरुमा  पनि देखिन थालेको छ । 

टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामीले नगरपालिका  अन्तर्गत रहेका कुल ९३ वटा विद्यालयका आठ–दस जना विद्यार्थीलाई मात्र आँखा पाक्ने  रोगको  संक्रमण देखिएको बताए । 

Advertisement

राजधानी बाहिर व्यापक रुपमा  आँखा पाक्ने रोग फैलिदै जाँदा दर्जनौं  विद्यालयहरु केही बन्द भएका छन् भने केही  बन्द हुने तयारीमा रहेका छन् । तर राजधानी भित्रका विद्यालयहरु निकै कम मात्रामा मात्र आँखा पाक्ने  रोगको संक्रमण देखिएको छ भने निकै कम मात्रामा  विद्यालयहरु  बन्द भएका छन् । 

 

Advertisement