नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गएको आर्थिक वर्षमा सात अर्ब ८० करोड रुपियाँ नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ४७ करोड ७ लाख रुपियाँ नाफा गरेको थियो । 

नाफा घट्नुमा टेलिकमले आफ्नो बिक्री आम्दानी घटेको र त्यसको प्रभाव नाफामा परेको बताएको छ ।गएको असार मसान्तसम्ममा टेलिकमकमो वित्तीय आम्दानी सात अर्ब ७६ करोड ५१ लाख रुपियाँ रहेको छ भने अन्य आम्दानी  २९ करोड ९२ लाख रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ । 

Advertisement

त्यस्तै, कम्पनीको बिक्री आम्दानी ३६ अर्ब ८० करोड ३९ लाख रुपियाँ कायम भएको छ भने अघिल्लो आर्थिक वर्षमा बिक्री आम्दानी ३७ अर्ब ९१ करोड ९७ लाख रुपियाँ रहेको थियो । 

अहिले टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपियाँ रहेको छ । प्रतिसेयर आम्दानी ४३ दशमलव ३६ रुपियाँ रहेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement