अमेरिकामा डडेलोमा परी १०६ जनाको मृत्यु

Advertisement

काठमाडौं । अमेरिकाको माउइ जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलवार साँझसम्म १०६ पुगेको छ । हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना शुरु भएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार सात सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना शुरु भएको हो । आलोचकहरुले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । 

Advertisement

अमेरिकाको आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा)ले हवाईका बासिन्दाहरुलाई सहयोग गर्न तीन सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ । डडेलोमा परी ठूलो संख्यामा पशुपंक्षीको मृत्यु भएको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement