‘जहाज दुर्घटना नहोस भनेर कर्णालीमा बर्खाभरीका लागि हवाई उडान प्रतिवन्ध गरेको हो’

Advertisement

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ । 

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको तर्क गरेको छ । 

Advertisement

प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए । 

उनले विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए । भुलले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए । 

उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधँैभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताए । प्रवक्ता भुलले भीएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए । उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीं मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए । 

प्राधिकरणले पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउने भएकाले निर्णय गरेको बताएको छ । दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै प्राधिकरणले हवाई उडानबाट मान्छेहरु मर्न नपरोस् भनेर जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको दाबी गरेको छ । 

प्रवक्ता भुलले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान हवाई क्षेत्रको रहेको त्यो पनि हिमाली उडानको भएको बताए । उनले पर्वतीय दृश्यावलोकन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनीकरण गर्न आवश्यक रहेको बताए । भुलले हवाई दुर्घटना न्युनीकरणका लागि भीएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्न आवश्यक रहेको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा चार बालबालिकाको मृत्यु समेत भएपछि प्राधिकरणको चर्को आलोचना भइरहेको छ । 

Advertisement