दुई दशकमा २२ घर, ८७ ठाउँमा जग्गा जोडेको भनिएका वन अधिकृतलाई सफाइ, काममा फर्किए

Advertisement

काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित भएका सुदूरपश्चिमका तत्कालिन वन अधिकृत हेमराज विष्टलाई विशेष अदालतले सफाई दिएको छ । 

सुदूरपश्चिम वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै सात करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाई दिएको हो । 

Advertisement

सफाई पाएपछि विष्ट पुुनः निमित्त निर्देशकको रुपमा काममा फर्किएका छन् । विष्टले २२ बर्षमा २२ वटा घर र ८७ ठाउँमा जग्गा जोडेको आरोप लगाएको थियो । विशेष अदालतले बिष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बल्लभ बास्तोलाले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।

बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Advertisement

Advertisement