डिशहोम फाइबरनेटका तीन लाख ग्राहक पुगेको विशेष अवसरमा केक काटियो

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक पुगेका छन् । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।  

डिशहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक काटेर खुशीयाली मनाएका हुन् । डिशहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायकको रुपमा आएको छ । कम्पनीले केही बर्षमा पहिलो हुने लक्ष्य राखेको छ । 

Advertisement

Advertisement