राष्ट्रिय सहमतिको सरकार बन्यो भने भ्रष्टाचार अन्त्य हुने मन्त्री किराँतीको जिकिर

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिको सरकार बन्यो भने भ्रष्टाचार अन्त्य हुने जिकिर गरेका छन् । 

बिहीवार नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभामा उनले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने तर्क गरेका हुन्

Advertisement

किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताए । उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए । किराँतीले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । 

उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताए । किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताए । 

उनले भने, ‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ । राष्ट्रिय सहमतिको सरकारबाट हामीले यो गरिबीको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, अशिक्षाको अन्त्य गर्ने बाटो अवलम्वन गर्नसक्छौँ ।’

किराँतीले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानूनहरु निर्माण गर्दै गरेको बताए । 

मन्त्री किराँतीले पुरानो साधन चडेर नयाँ साध्य पुग्न नसक्ने भन्दै २०३५ सालमा निर्माण भएको पर्यटन ऐन नयाँ बनाउनुपर्ने बेला भएको बताए । उनले भने, ‘हामीले मन्त्री परिषदबाट सहमति लिएर एक महिने अवधि राखेर सबै जनता, संघसंस्थाहरुलाई सुझावको निम्ति आव्हान गरेका छौं । अहिलेको आवश्यकतालाई सम्बोधन गर्नसक्ने पर्यटन एेन चाहिएको छ । हामी त्यो बाटोमा लागेका छौं ।’

.अर्थ मन्त्रालयमा लामो समयसम्मदेखि फाइल अडकिएर बसेको बताउँदै किराँतीले नियमावलीहरु केही सच्याउनु पर्ने जरुरी रहेको बताए छ । उनले थपे, ‘हामीसँग पैसा कमाउनसक्ने प्रशस्त आधारहरु छ । तर अहिले जलवायु परिवतनले संसारभरी रहेका हिमालहरु कसरी रक्षा गर्ने ? सिँगो मानव समाजको कसरी रक्षा गर्ने ? हाम्रो अगाडी एक्दमै गम्भीर र जल्दोबल्दो विषय भइरहेको छ । हामीले पर्वतारोहण क्षेत्रमा धेरै ठूलो कामहरु गर्नु नै छ । अहिले सरगमाथा आधार शिविरमा धेरै समस्याहरु आएको कुरा हामीले सुनिरहेका छौं ।’ 

Advertisement

Advertisement