पूराना बीमा पोलिसिको बिक्री किन घट्यो ? ‘इनोभेटिभ नभएर होः पाण्डे, मन्दीले होः क्षेत्री

Advertisement

काठमाडौं । आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा देखिन थालेको छ । बीमा कम्पनीहरुले आर्थिक मन्दीको कारण बीमालेखको बिक्री घटेको भन्दै चिन्ता व्याक्त गरेका छन् ।

विशेषगरी पूराना जीवन र निर्जीवन बीमालेखहरु नबिकेको कम्पनीहरुले भनाई छ । उनीहरुले नयाँ नयाँ खालका जोखिमहरु थपिँदै गएको बेला बीमा पोलिसिको बिक्री बढ्नुपर्नेमा उल्टै घट्ुन सकारात्मक संकेत नभएको बताउँदै बीमा कम्पनीका सीईओहरुले आर्थिक मन्दीका कारण बीमालेख खरिद गर्न चाहेका मानिसहरुले पनि पैसा अभावका कारण बीमा गर्न नसकेको बताउँछन् । 

Advertisement

सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) शिवनाथ पाण्डेले भने, ‘अहिले नागरिकहरुसँग आम्दानीको स्रोत खुम्चिँदा खर्च गर्ने क्षमतामा पनि ह्रास आएको तपाइँहरुले थाहा पाउनु भएकै होला । अहिले त ‘मसँग पैसा छ’ भन्ने मानिस कमै भेटिन्छ । यस्तो विषमतामा बीमा गर्ने मानिसको संख्या बढ्ने भन्ने हुँदैन् । समग्र अर्थतन्त्रमा पर्ने प्रभावले बीमा क्षेत्रलाई पनि प्रभाव पार्छ ।’

उनले थपे, ‘पूरानोभन्दा नयाँ पोलिसिहरु त ‘इनोभेटिभ’ (नयाँपन) पनि हुन्छ । केही सुविधाहरु पनि बढि हुन्छ । थपिएका सुविधाले मानिसहरुलाई तान्ने एउटा पाटो होला । सबै पोलिसिको बारेमा भन्नको लागि त यसमा अलिकति गहिरै अध्ययन गर्न जरुरी छ । यतिकै अनुमान गरेर मात्र कारणको जरासम्म नपुग्न पनि सकिन्छ । अब यति भन्दाभन्दै पनि अर्को कुरा भनेको समग्रमा अर्थतन्त्र तल खस्केर धेरै पसल, सटरहरु बन्द भएका छन् । होटलमा ग्राहकरुको संख्या घटेका छन् । बैंकले ऋण नदिन खोजेको छ । बेच्न खोजेका जग्गाहरु बिकेका छैनन्् । यस्तो अवस्था अर्थतन्त्रको प्रभाव सबैतिर पर्दा जीवन बीमामा पनि त्यसको प्रभाव पर्दैन भन्ने अवस्था रहदैन् ।’ 

त्यस्तै, बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी (सालिको) इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले व्यक्ति र सम्पत्तिमा आउने जोखिमको कुनै प्रकृति नहुने र भयावह स्थितिलाई नै जोखिम मानिने भए पनि त्यसलाई बीमा कम्पनीहरुले गर्ने ‘प्याकेजिङ’ (बीमालेखको बनोट र ढाँचा)ले ग्राहकहरुको आकर्षणमा ठूलो प्रभाव पार्ने बताए । 

उनले भने, ‘गाडी गाडी नै हो । घर घर नै हो । यो त नयाँ पुरानो भन्ने हुन्न । त्यसमा सल्किने भनेको आगो हो । भूकम्प आउँदा क्षति हुने हो । हुने त्यति हो । अब यो बिचमा मानिसहरुलाई कस्तो जोखिमको लागि कति सुविधा लिने ? भन्ने काम चाहिँ बीमा कम्पनीहरुको हातमा हुन्छ । त्यही बीमा कम्पनीहरुले लिएको गाईडलाइनकै आधारमा कुनै पनि व्यक्तिले आफ्नो वा सरसमानको बीमा गर्ने हो । अब हामीले दिएकोे पुराना प्रोडक्टले नयाँ मागलाई सम्बोधन गर्यो कि गरेन ? भन्ने कुराले फरक पार्छ ।’

सीईओ क्षेत्रेली बीमितले बुझाउने बीमाशुल्क पहिले र अहिले उस्तै भए पनि उनीहरुले पाउने सेवा सुविधा कतिको छिटो छरितो छ ? भन्नेमा कम्पनीहरुले विशेष ध्यान दिनुपर्ने र बीमितहरुले तत्काल त्यस्ता सुविधा पाउन आवश्यक खर्च व्यवस्थापनमा पनि चुनौती थपिएको बताए । 

उनले बीमा कम्पनीको बीमालेख पूरानो भएरभन्दा पनि व्यक्ति व्यक्तिमा पैसाको अभाव हुँदा बढी भन्दा बढी सुविधाको खोजी हुन थालेको र केही कम सुविधा भएको पुराना बीमा पोलिसिहरुको बिक्री घट्न थालेको खुलाएका छन् ।

Advertisement