त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली थपिए

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली थपिएका छन् । 

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले यात्रुहरुको सुविधाका लागि यी ट्रली थपिएको बताए । यसबाट यात्रुहरुले गर्दै आएको गुनासो सम्बोधन हुने उनको विश्वास छ । 

Advertisement

त्रिभुवन विमानस्थलमा यस्ता ब्यागेज ट्रलीको राम्रो व्यवस्था नहुँदा अन्तर्राष्ट्रियस्तरमा मुलुककै छवी बिग्रिएपछि विगतमा गैरआवासीय नेपालीहरुले आफैले ठूलो परिमाणमा यस्ता ट्रली किनेर पठाइदिएका थिए । अहिले भने विमानस्थल कार्यालयले आफैले किनेर ल्याएको हो ।  

Advertisement

Advertisement