प्रहरीले एक्सरे गरेर पठाएको कितावको कभर हङकङमा कसरी बन्यो गाजा चरेस ?

Advertisement

काठमाडौं । नेपाललाई अवैध सुन पठाएको हङकङलाई नेपालले गाजा र चरेस पठाएको छ ।

हङकङको भन्सारसम्वन्धी निकायले चेकजाँच गरेर पठाएको ब्रेक सु गत साउन २ गते समातिँदा अवैध सुन भएको पुष्टी भएको थियो । उक्त प्रकरण बाहिरिएको डेढ महिनापछि नेपालबाट गएको सामान गाँजा चरेस जस्ता लागूऔषध भएको खुलेको छ ।

Advertisement

हङकङ प्रहरीले नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोलाई घटनाबारे जानकारी  गराएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय पुगेर तत्कालिन समयमा निर्यात भएको सामानबारे जानकारी लिएको हो ।

गाँजा र चरेस जाँचपास भएपछि त्रिवि विमानस्थल कार्यालय एक्सरेमा बस्ने प्रहरीमाथि शंका उब्जिएको छ । निर्यात हुने सामग्री भन्सार कार्यालयले ग्रीन च्यानलमा राखेर जाँचपास गर्ने गर्दछ । यसपछि प्रहरीले एक्सरे मेसिनमा राखेपछि प्रतिबन्धित सामग्री हो वा होइन भन्ने छुट्याउने गर्छ । एक्सरे मेसिनमा राख्दा पनि कसरी गाँजा र चरेस देखिएन ? अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

पछिल्लो सुन तस्करी प्रकरणमा ब्रेक सु भनेर अवैध सुन जाँचपास गर्ने त्यतिबेलाका त्रिवि भन्सारका कर्मचारीलाई प्रहरीले पक्राउ गरी थुनेर राखेको छ । भन्सार र एक्सरे मेसिनलाई छक्याउने गरी एक सामान भनि अर्कै सामान ल्याउने र लाने परिपाटी बढेको छ । यसमा प्रहरी र सरकारी कर्मचारी संलग्न हुन्छन् या झुक्किन्छन् भन्ने कुरा खुल्न बाँकी छ ।

Advertisement