तेल उद्योगको विकास गर्न इराकद्धारा पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी

Advertisement

काठमाडौं । इराकी तेल मन्त्रालयले आईतवारबाट बगदादमा पहिलो तेल परियोजना र लाइसेन्सिङ टुरहरुको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु गरेको छ । 

इराकको तेल मन्त्रालय र संसदीय ग्यास तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भएको चार दिने प्रदर्शनीमा चिनियाँ कम्पनी, इराकी कम्पनीहरु र अन्य देशका पनि केही कम्पनीहरुले सहभागिता जनाएका छन् । 

Advertisement

यस प्रदर्शनीले इराकी तेल उद्योगलाई सुधार गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिने बताइएको छ । प्रदर्शनीका क्रममा पेट्रो चाइना इन्टरनेशनल कम्पनीका महाप्रवन्धक चेन जिन्नोङले मेलाले इराक चीनबीचको सम्बन्धलाई पनि राम्रो बताए । 

त्यस्तै सीएनओओसी इराक लिमिटेडका प्रवन्ध निर्देशक शी वेनसेङले चाइना नेशनल अफशोर आयल कर्पोरेशनले मध्यपूर्वमा एक दशकभन्दा बढी देशहरुमा व्यापार सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले प्रदर्शनीले तेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले इराकमा व्यापार बिस्तारका लागि थप अवसर खोज्नु आफूहरुको लक्ष्य भएको बताउनु भयो ।

त्यस्तै झेन्ह्वा वेल इबीएस पेट्रोलियम कम्पनी लिमिटेडका प्रमुख वित्त अधिकारी झाङ वेले प्रदर्शनीमा तेल कम्पनीहरुको विकासमा मद्दत पुग्ने बताए । 

प्रदर्शनीले इराकी तेल उद्योगलाई सुधार गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिने विश्वास छ । सिन्ह्वा–नान

Advertisement

Advertisement