नेपाल टेलिकमले तीज विशेष टिकटक च्यालेन्ज, विजेतालाई ४० हजार

Advertisement

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जनाएको हो ।

उक्त च्यालेन्ज हिजो (२०८० भाद्र २४) देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म इच्छुकहरुले सहभागी हुन सक्ने छन् । 

Advertisement

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ भने सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । 

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई पाँच सय रुपियाँ बराबरको टप अप प्रदान गरिने छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको  र यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

Advertisement

Advertisement