सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकै पटक १३ मन्त्री हटाएर नयाँ नियुक्त

Advertisement

काठमाडौं । सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले एकै पटक १३ मन्त्रीलाई बर्खास्त गरु नयाँ मन्त्री नियुक्त गरेका छन् । 

बुधवार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी)प्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । 

Advertisement

गत वर्ष यता काशिदाले दोस्रो पटक मन्त्रिमण्डल पुनःगठन गरेका हुन् । पुनःगठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन् । जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन् । 

बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र उद्योगमन्त्री यासुतोशी निशिमुरा लगायत ६ जना वर्तमा क्याबिनेट सदस्य आफ्नै पदमा रहनेछन् । 

प्रमुख पदहरुमा स्थिरता कायम गर्न खोजिएको जनाइएको छ । योशिमासा हयाशीको स्थानमा परराष्ट्रमन्त्रीमा पूर्वन्यायमन्त्री योको कामिकावा नियुक्त भएका छन् । अब मन्त्रिपरिषद्मा महिलाको संख्या दुईबाट पाँच पुगेको छ । 

राष्ट्रिय परिचयपत्र प्रणालीलाई लिएर जनताको असन्तुष्टि, मूल्यवृद्धि लगायतका कारण काशिदाको आलोचना हुँदै आएको थियो । सिन्ह्वा–नान

Advertisement

Advertisement