विश्वको पहिलो वायो–मिथेनोलबाट सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा’

Advertisement

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा विश्वको पहिलो वायो–मिथेनोलबाट सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मास्र्क’ राखेकी छन् । 

उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गरेकी छन् । लेयनले चालक दलका सदस्यहरुमा यसले खुशीयाली ल्याउने विश्वास व्यक्त गर्दै यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताएकी छन् । 

Advertisement

जहाज डेनमार्कको स्वामित्वमा रहेको सिपिङ कन्सोर्टियम एपी मोलर–मास्र्कको फ्लिटसँग सम्बन्धित छ । यो जहाजले ६५ प्रतिशत प्रदुषण उत्सर्जन कम गर्ने बताइएको छ । मास्र्कले थप २० मिथानोल सञ्चालित जहाजको योजना घोषणा गरेको छ । यी जहाज २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन् ।

उनले यस कार्यमा सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । सिन्ह्वा–नान

Advertisement

Advertisement