राष्ट्र बैंकले सुनको कोटा बढाएर २० किलो पुर्यायो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएको छ । यसअघि दैनिक १० किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिँदै आएको राष्ट्र बैंकले त्यसलाई बढाएर २० किलो बनाएको हो ।

सुनको कोटा बढाउन नेपाल सुनचादी व्यवसायी महासंघले दबाब दिँदै आएको थियो । व्यवसायीको दबाबपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत राष्ट्र बैंकलाई सिफारिस गरेको थियो ।

Advertisement

सुनको कोटा बजारको मागभन्दा किनै कम हुँदा आफूहरुलाई काम गर्न गाह्रो भएको र अवैध चोरीपैठारी बढेको भन्दै व्यवसायीले सिजनमा दैनिक ३० किलो र अन्य समयमा २० किलो बनाउनुपर्ने माग राखेका थिए । राष्ट्र बैंक स्रोतले दैनिक २० किलो सुन आयात गर्न बाणिज्य बैंकहरुलाई बाटो खोलिदिएको बताउँदै राष्ट्र बैंकले निर्देशन जारी गरेपछि सुन ल्याउन पाइने बताए । 

Advertisement

Advertisement