गैंडा मारेर खाग चोरी गर्ने २५ बर्षपछि पक्राउ

Advertisement

काठमाडौं । गैंडा मारेर खाग चोरेर लाने फार प्रतिवादी २५ बर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैंडा मारेर खाग चोरीमा दोषी भई फरार रहेका यमबहादुर बानियाँलाई पक्राउ गरेको जनाएको हो ।

उनले २०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र खाल्डोमा गैंडा पारी खाग काटी चोरी लगेको निकुञ्ज कार्यालयले ठहर गर्दै २०५७ माघ २५ गते १० बर्ष कैद र एक लाख रुपियाँ जरिवाना सुनाएको थियो ।

Advertisement

सजाय सुनाए पनि उनी फरार रहेकाले बेरुजु रहेको थियो । बानियाँलाई आइतबार चितवनको चौबिसकोठी चोकबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि निकुञ्ज कार्यालय कसरामा बुझाइएको ब्यूराले जनाएको छ । 

Advertisement