रु. ३६ लाख बराबरको सुनसिहत समातिएकी चिनियाँ नागरिक पटके तस्करी !

Advertisement

काठमाडौं । आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन सहित समातिएकी चिनियाँ नागरिक  पटके तस्करी हुन सक्ने आँकलन गरिएको छ । चिनियाँ नागरिक गोन्सोङचु पटक पटक नेपाल आउजाउ गरेको भेटिएपछि पटके तस्करी हुन सक्ने अनुमान गरिएको हो । 

आइतबार तीन ओटा सुनको बालासहित विमानस्थलबाट पक्राउ परेकी गोन्सोङचुले आफू नेपालमा बौद्ध गुरु भेट्न आएको दाबी गरेकी छिन् । उनले तीनवटै सुनको बाला दैनिक हातमा लगाउन प्रयोग गर्ने गरेको दाबी गरेकी छिन् । 

Advertisement

अनुसन्धानमा खटिएका कार्यालयका एक कर्मचारीले भने, ‘गोन्सोङचुको पारिवारिक विवरण हेर्दा उच्च पारिवारिक घरानाकै सदस्य भएको खुलेको छ, पटक,–पटक नेपाल आउने जाने गरेको भेटिएपछि उनी पटके सुन तस्करी हुन् की भन्ने अनुमान गरेका छौं ।’

गोन्सोङचुसँगै आइतबार नै सुन रिसिभ गर्न आएका भारतीय नागरिक थिनले नामयाल समेत पक्राउ परेका छन् । 

null

गोन्सोङचुले आफूले देनिक प्रयोजनका लागि ल्याएको भनिएता पनि बालाको आकार हेर्दा दैनिक प्रयोग गर्ने खालको देखिएको छैन । बालाको तौल ३१ तोला अर्थात ३७० ग्राम रहेको छ । जसको बजार मूल्य करिब ३६ लाख रुपियाँ रहेको छ । 

 भन्सार कार्यालयले एक प्रमुख भन्सार अधिकृतलाई अनुसन्धान अधिकृत तोकेको छ। कार्यालयले थप अनुसन्धान अघि बढाएको छ। पछिल्लो समय त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीको घटना बढिरहेको छ। साउन २ गते विमानस्थल भन्सारबाट ६०.७१६ किलो सुन बाहिरिएपछि तस्करीले उग्र रुप लिएको हो। 
 

Advertisement

Advertisement