‘अधिकांश पोलिसि ल्याप्सेस भएको छ, तिर्न बाँकी रकमको एक्चुयल भ्यालुयसन भएकै छैन्’

बीमामा नयाँ व्यवसाय घटेको छ, व्यवसाय घटेपछि बोनस दर बढ्ने स्थिति रहन्नः सीईओ अर्याल

Advertisement

काठमाडौं । मर्जरमा नगएको सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार आर्यालले बीमा कम्पनीहरुको बोनस दर बैंकको ब्याजदरमा आउने फेरबदलले मात्रै घट्ने नभई सरकारले लिने नयाँ नीतिले समेत ठूलो प्रभाव पार्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा कम्पनीहरुको बोनस दर स्थिर राख्ने कुरा महत्वपूर्ण भए पनि बोनसको नाता आम्दानी र नाफासँग घनिष्ट रहने बताए । अर्यालले भने, ‘बीमा कम्पनीहरुको बोनस दर कस्तो हुने भन्ने कुरा उनीहरुको पर्फमेन्समा भर पर्ने कुरा हो । हिजो दिएको बोनस आज घटने र बढ्ने जे पनि हुनसक्छ । त्यस्तो हुनको पछाडी चाहिँ बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क कति उठाए भन्ने कुरासँग पनि जोडिन्छ । अर्को भनेको बीमा कम्पनीहरुले गरेको आम्दानी भन्दा पनि नाफा र बचतले त झनै ब्याजदरमा प्रभाव पार्छ ।’

Advertisement

पछिल्लो समय समग्र बीमा क्षेत्रमा त्यस्तो नयाँ व्यवसाय घटेको सुनाउँदै उनले सोही कारण पनि बीमाशुल्कबाट प्राप्त हुने व्याजको आम्दानी स्वतः घट्ने बताए । अर्यालले थपे, ‘बिजनेश ग्रोथ घटेको छ । अधिकांश पोलिसि ल्याप्सेस भएको छ । तिर्न बाँकी रकमको एक्चुयल भ्यालुयसन भएकै छैन् । यस्तो अवस्थामा फेरि बोनसका लागि बीमितहरु पर्खिरहनु भएको छ ।’

सीईओ अर्यालका अनुुसार नयाँ व्यवसायहरु नबढ्दा बोनस बढ्ने स्थिति रहँदैन् । नयाँ व्यवसाय नबढ्ने बेलामा पूराना बीमा पोलिसिको नवीकरण घट्छ । अहिलेको बीमा बजारमा पहिलेको भन्दा धेरै प्रक्रियाहरुमा फेरबदल आएको र त्यसमा मुख्य कुरा भनेको बजारमा पारदर्शीता देखिन थालेको उनले बताए । 

‘जीवन बीमा कम्पनीहरुले व्यवसाय गर्ने पद्धती पनि परिवर्तन भएको छ भने नियामकीय एक्सन पनि तीब्र बनेको छ’ उनले भने, ‘ठिक यही बेलामा देशको अर्थतन्त्र खुम्चिएको छ भने बीमा बजारले स्वस्थ व्यवसायीक नीतिलाई अपनाएको छ । यस्तो बेलामा बीमा बजारका लागि सुधारका संकेतले पनि बोनस दरमा प्रभाव पारेको हो कि भन्ने तर्कलाई एउटा कोणबाट हेर्न सकिन्छ ।’

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बैंकको व्याजदर तल माथि भयो भन्दैमा बीमितलाई दिने बोनस दर घटाउन नपाइने बताएका थिए । 

Advertisement