इजरायल र जर्मनीबीच ३.५ बिलियन डलरको एरो–३ मिसाइल सम्झौता

Advertisement

काठमाडौं । इजरायलले विगतको कीर्तिमानी तोड्दै ३.५ बिलियन अमेरिकी डलरको एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर गरेको छ । 

बिहीवार युरोपेली देशलाई एरो ३ हाइपरसोनिक मिसाइल प्रतिरक्षा प्रणाली बेच्न जर्मनीसँग सम्झौता गरेको हो । इजरायली रक्षा मन्त्रालयले इजरायली रक्षामन्त्री योभ गालान्ट र जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा सम्झौतमा हस्ताक्षर गरेका छन् । 

Advertisement

दुई मन्त्रीले दुई पक्षिय सुरक्षा सम्बन्ध सुदृढ गर्ने वाचा गर्दै संयुक्त विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । जर्मनीले ६ सय मिलियन डलर तत्काल भुक्तानी गर्नेछ । त्यस लगत्तै इजरायलले जर्मनीको लागि एरो ३ ब्याट्रीको उत्पादन शुरु गर्नेछ । एरो ३ इजरायलको सबैभन्दा उन्नत क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो । सिन्ह्वा–नान

Advertisement

Advertisement