अभिनेता तथा भुवन केसीका छोरा अनमोल पक्राउ

Advertisement

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनी अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले केसीलाई शुक्रबार साँगाबाट पक्राउ गरेको हो । 

Advertisement

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माताले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

पैसा लिएर पनि फिल्म खेल्न पटक पटक बोलाउँदा नआएकाले उजुरी दिनुपरेको भन्दै पीडित पक्ष आएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । 

उनले १० लाख रुपियाँ नगद लिएर चलचित्र छायांकनमा नगएपछि निर्माता पक्षले ठगीको उजुरी दिएको हो । रावायणका निर्माता सुप्रिया कटवालले उजुरी दिएपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए ।

त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर केसीको खोजी गरेको हो । केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा केसीले प्रहरीलाई उल्टै ‘जे गर्नु छ गरे हुन्छ’ भन्दै धम्क्याएको प्रहरीको भनाई छ ।  

Advertisement