सुन तस्करीको अध्ययन गर्न तीन सदस्यीय समिति बन्ने, प्रतिवेदन तीन महिनाभित्र
फाइल तस्बिर

Advertisement

काडमाडौं । सुन तस्करीको अनुसन्धान गर्न ती सदस्यीय अध्ययन/अनुसन्धान समिति बन्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले माग गरे बमोजिम समित बन्ने भएको हो ।

विदेशबाट इलेक्ट्रिक सिगरेट (Vapes) मा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको र गत साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक-पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई अनुसन्धान गर्न समिति बन्ने भएको हो । 

Advertisement

आज बिहान बसेको तीन दल काँग्रेस, एमाले र माओवादीको बैठकमा यो समितिमा तीन जना रहने सहमति भएको छ । यस्तै समितिलाई प्रतिवेदन बनाउनका लागि तीन महिनाको समय छुट्याइएको छ । यो समिलाई मन्त्रिपरिषदको बैठकले निर्णय गरी अधिकार दिनेछ । 

सुन तसेकरीको स्वतन्त्र र निस्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन गर्न सुझाव पेश गर्नेछ । 

संरचनागत सुधार र पटक-पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानविन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने समितिको काम रहनेछ । 

समितिको संयोजक पूर्वन्यायाधीशलाई बनाउने सहमति भएको छ । 

Advertisement

Advertisement