फिलिपीनी युवतीलाई भित्री कपडा लगाउन दिएर सुन काण्डमा भारतीयले यसरी फसाए

Advertisement

काठमाडौं । शनिबार बिहान २ किलो ७ सय ग्राम सुन सहित समातिएकी फिलिपिनी नागरिकलाई भारतीय नागरिकले फसाएको बताएकी छिन् । नेपाल घुम्न लैजाने भन्दै भारतीय नागरिकले आफूलाई फसाएको बयान ती नागरिकले दिएकी हुन् ।

फिलिपीनी नागरिक उनकै देशमा जागिरे व्यक्ति हुन् । भारतीय नागरिकसँगको चिनजान पनि उनीलाई २५ सय दिराम (९० हजार ६ सय ३१ रुपियाँ) र नेपाल घुम्न अवसर भारतीयले दिन्छन्। 

Advertisement

यसरी एकै महिना आफ्नो तलब भन्दा बढी रकम र घुम्न पाइने भएपछि ती नागरिक नेपाल आउन राजी भएकी थिइन् । 

यसरी नेपाल आउन राजी भ‍एपछि भारतीय नागरिकले ती नागरिकलाई गह्रुगो देखिने भित्री बस्त्र (पेन्टी र ब्रा) लगाउन दिएका थिए । उनी सोही लुगा लगाएर नेपाल आएकी थिइन् । प्रहरी स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘सुन भारत लैजाने उदेश्यका साथ ल्याइएको रहेछ, फिलिपीनी नागरिकले आफूलाई फसाइएको प्रारम्भिक बयान दिएकी छिन्, २५ सय दिराम र नेपाल घुम्ने लोभमा उनी परेको देखिएको छ।’

जब उनी नेपाल आइपुगिन्, त्रिभुवन विमानस्थलमा रहेको मेटल डिटेक्टरमा पसिन, तर सो मेसिनले कुनैपनि पनि प्रतिक्रिया जनाएन । पेन्टी र ब्रामा रहेको २ किलो ७ सय ग्राम सुन विशेष तरिकाबाट मेटल फ्री बनाइएको अनुमान गरिएको छ । यो विषयमा भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

ती महिलाले ल्याएको सुन नेपाली बजार मूल्य अनुसार २ करोड ५० ला मूल्य बराबरको रहेको छ ।

प्रहरीले १० प्रतिशत सुराकी दाबी गर्दै भन्सार कार्यालयमा निवर्दन दर्ता गराइसकेको छ । जसअनुसार २५ लाख रुपियाँ सुराकी खर्च प्राप्त गर्नेछन् । 

Advertisement

Advertisement