सुनचाँदीको मूल्य आज पनि घट्यो, सुन प्रतितोला १ लाख ८ हजार कारोबार

Advertisement

काठमाडौं । सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज आइतबार पनि सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ५ सयमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

गतसाताको मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४०० र ८०० रुपियाँ घटेको थियो ।

Advertisement

Advertisement