डिजिटल पेन्टसको उपहार योजनामा ल्यापटपदेखि एक लाख नगद पाइने

Advertisement

काठमाडौं । डिजिटल पेन्टसले  चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना ल्याएको छ । 

उपहार योजना अन्तरगत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतीय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ ।  साथै सान्त्वना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडि र बम्पर उपहार १ जनालाई नगद १ लाख रुपियाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए । 

Advertisement

डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका  मुख्य तथा साना ठूला सहर गरी ८० भन्दा बढी आधिकारिक डिलरहरु मार्फत ग्राहकहरूलाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ ।  

कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । 
 

Advertisement

Advertisement